सुनसरी / आगामी मंसिर ४ गते हुने भएको संघ र प्रदेशको चुनावमा यसपटक मोरङ ३ मा चुनाब बिशेष हुने भएको छ ।
कलाकार र नेता मानिएका ३ उम्मेदवार यस पटकको चुनावमा सहभागी हुने भएपछि यस क्षेत्रको चुनाव थप रोमाञ्चक हुने भएको हो । संघिय चुनावका लागि नेपाली कांग्रेस बाट सुनिल शर्मा,नेकपा एमालेबाट पुर्बमन्त्री समेत रहेका भानुभक्त ढकाल र नेपालकी चर्चित नायिका एवम् राप्रपा पार्टीकी नेत्री रेखा थापा समेत मोरङ ३ मा राप्रपा बाट निर्वाचनमा उठ्ने भएपछि नेता र कार्यकर्ताहरुमा उत्साह समेत थपिएको छ ।
राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी रेखा थापा आफ्नो गृह जिल्ला मोरङबाट उम्मेदवार दिने भएसँगै मोरङ क्षेत्र नम्बर ३ मा थापाको चर्चा सँगै उनी जिल्लाका बिभिन्न क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने समेत तय भएको छ ।