राजनीतिप्रचण्डलाई जहाँबाट लडे‍ पनि भोट नहाल्ने पीडित कांग्रेसीको अभियान

प्रचण्डलाई जहाँबाट लडे‍ पनि भोट नहाल्ने पीडित कांग्रेसीको अभियान

काठमाडौं । नेपाली कांग्रेसका पीडित गोरखालीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेका छन् । गोरखाका पीडित कांग्रेसीहरुले राणाशासन ढालेको पार्टीले अहिले कांग्रेसले कांग्रेसलाई भोट हाल्ने अवस्था नदिइएको भन्दै गठबन्धनका नाममा माओवादी अध्यक्ष प्रचण्डलाई भोट नहाल्ने निर्णय गरेका हुन् ।

प्रचण्डले कहिले चितवनबाट त कहिले गोरखाबाटै चुनाव लड्ने भनिरहेका छन् । उनलाई दुवै क्षेत्रमा कांग्रेसको समर्थन चाहिन्छ । तर पीडित कांग्रेसीहरुले भने अब गोरखामा पनि भोट नदिने र चितवनमा पनि भोट नदिने भनेका छन् ।

चितवनमा त गोरखाबाट आएका कसैले पनि प्रचण्डलाई भोट नहाल्ने अभियान चलेको छ । ‘नो भोट टु प्रचण्ड फ्रम गोर्खाज् इन चितवन’ भन्ने अभियान नै चलाएर प्रचण्डलाई यसपालि भोट नहाल्ने योजना बनाइएको अभियानका सदस्य राजेन्द्र ढकालले जानकारी दिए । उनले कांग्रेस भएको त कि त प्रचण्डलाई र कि त प्रचण्डको परिवारलाई भोट हाल्न मात्र भएको जस्तो देखिएको भन्दै अबदेखि कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने गरी अभियान चलाइएको बताए ।

उनले भने, ‘गोरखामा माओवादीको आक्रमणबाट कांग्रेसी मतदाता आक्रान्छ छन् । प्रचण्ड गोरखा जाने भन्ने भइरहेको छ । चितवनबाटै उठ्ने भन्ने पनि भइरहेको छ । अब जहाँबाट उठे पनि गोरखाली कांग्रेसीले उनलाई भोट हाल्दैन ।’

ढकालले चितवन ३ मा धेरैजसो मतदाता गोरखाबाटै आएको दाबी गरे । उनले भने, ‘चितवनमा त हामी हजारौं छौं । गोरखाबाट आएकाहरु ३ नम्बरमा झ्न राम्रै उपस्थिति रहेको छ । कांग्रेसको काम प्रचण्ड र प्रचण्डका परिवारलाई मात्र जितउाने भन्ने मात्रै भयो । अब कांग्रेसले कांग्रेसलाईमात्र भोट हाल्ने हो ।’

केन्द्रबाट निर्णय भएपछि प्रचण्डको विरोधमा उत्रदा पार्टीले कारबाही गर्ने हो कि भन्ने प्रश्नमा उनले भने, ‘राणाशासनविरुद्ध लडेर प्रजातन्त्र ल्याइयो, पञ्चसँग लडेर बहुदल ल्याइयो, राजासँग लडेर गणतन्त्र ल्याइयो । अब यस्तो पार्टीले कारबाही गर्ला भनेर पनि डराएर पछि हट्ने हो र ? गलतलाई गलत छ भन्ने हैसियत राखेर कारबाही भोग्न तयार भएर अगाडि बढेका हौं ।’

चितवनमा त हस्तक्षेप गरे नै प्रचण्डले गोरखामा पनि आक्रमण गरेपछि कांग्रेसीहरु थप आक्रोशित भएका छन् । प्रचण्डले हुँदा हुँदा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईका लागिसमेत गोरखा जिल्ला सुनिश्चित गरिदिएपछि गोरखाका कांग्रेसहरु थप आक्रोशित भएका हुन् । अर्थात् संघर्ष गरेको पार्टीले गोरखामा उभिने अवस्था नभएपछि कांग्रेसी नेता कार्यकर्ताले विद्रोहका चेतावनी दिएका छन् ।

गोरखा र चितवनका कांग्रेसीहरुले माओवादीका चार नीति परस्पर विरोधी भएकाले पनि कांग्रेसले अब साथ दिन नसक्ने स्पष्ट पारेका छन् ।

ती नीतिहरुमा–

  • आफूले जितेको नछोड्ने ।
  • जनयुद्ध र भेगको दबदवा पनि कÞायम राख्ने ।
  • स्थानीय निर्वाचनको परिणामको आधार ।
  • बावुरामको पार्टीलाई गठबन्धनको हिस्सा दिँदै माओवादी मूलधार हुँदै शक्ति आर्जन गर्ने ।

यी रणनीति कुन प्रदेश वा जिल्लामा लागू हुन सक्छ त्यही गर्ने योजनामा माओवादी रहेको बुझेका चितवन र गोरखाका कांग्रेसीहरुले यसपालि त्यसो हुन नदिने दाबी गरेका हुन् । माओवादीले गोरखा जिल्लामा सके आफÞ्नै पार्टी अन्तर्गत दुवै क्षेत्र हत्याउने नभए बावुरामको औजÞार प्रयोग गर्ने रणनिति लिएको बुझेका स्थानीय कांग्रेसीहरुले अब प्रचण्डलाई बारम्बार जिताएर पठाउनुको कुनै अर्थ नभएकोसमेत बताएका छन् ।

त्यसकारण यसपालि प्रतिकार गर्ने योजना बुनिरहेको पनि उनीहरुले बताएका छन् ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका