काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले चुनावका लागि उम्मेदवारको टिकट पाएका छैनन । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट भीम रावललाई टिकट नदिएर अध्यक्ष ओलीले झपट बोहरालाई टिकट दिएका हुन् । एमालेले टिकट वितरणको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ ।
१० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण भीम रावलले टिकट नपाएको टिप्पणी सुरु भएको छ । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो । अछाम–१ मा प्रतिनिधि सभामा झपट बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाउनुभएको एमाले स्रोतले जनाएको छ ।
ओलीको कार्यशैलीको विरोध गरेबापत भीम रावलले टिकट नपाउँदा त्यही समूहमा रहेका योगेश भट्टराईले भने ताप्लेजुङबाट चुनाव लड्ने पक्का भएको छ । भट्टराईले उम्मेदवारी दर्ताको लागि उपस्थित हुन जिल्ला कमिटीका सदस्यहरु तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।
तत्कालीन नेकपाभित्र विवाद भएपछि ओलीबाहेकको पक्षमा लगेका नेताहरूलाई टिकट दिन अध्यक्ष ओलीले निकै अप्ठेराे मानिरहेको नेताहरूले बताएका छन् ।