काठमाडौं / आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएकाे छ ।
आज सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीकाे इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि आफैँले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको थियोे ।
यसअघि निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन अधिकृतकाे याे निर्णयविरुद्ध गुरुङले सर्वाेच्च अदालतमा रिट दिएका थिय ।



