फिचरकृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने : एमालेको ग्यारेन्टी

कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने : एमालेको ग्यारेन्टी

काठमाडौं– मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

पार्टीले आफ्नो घोषणापत्रमा कृषि उत्पादनमा वृद्धि र आपूर्तिमा व्यापक सुधार गर्ने ग्यारेन्टी दिएको छ।

यसैगरी, पार्टीले सबै पालिकामा खाद्य भण्डार र सातै प्रदेशमा खाद्य गुणस्तर मापन तथा निर्धारण प्रयोगशाला स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

एमालेले प्रतिवर्ष १ लाख परिवारलाई खाद्य सुरक्षा दिने प्रतिबद्धता पनि गरेको छ। ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत् प्रति वर्ष ३ लाख परिवारलाई आयआर्जनमार्फत् खाद्य सुरक्षा दिने भनेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img