Saturday, April 19, 2025
राजनीतिजनतामा आतंक फैलाउने काम गरेको आरोप : एमालेका अध्यक्ष केपी ओली
spot_img

जनतामा आतंक फैलाउने काम गरेको आरोप : एमालेका अध्यक्ष केपी ओली

विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले प्रतिपक्षीलाई दमन गर्ने र जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएका छन् ।

नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलिले प्रधानमन्त्री प्रचण्डले विना अर्थको विदेश भ्रमण गरेको बताए । उनले प्रधानमन्त्रीले भ्रमणमा जादा देश र राष्ट्रिय हितको पक्षमा नवोलेको आरोप समेत लगाए ।

उनले दिनदहाडै खुँडा हानेर मान्छेको हत्या गर्ने कार्यकर्तालाई आममाफि दिने, आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम यो सरकारले गरिरहेको भन्दै आक्रोस पोखे । अध्यक्ष ओलिले सरकार अपराधी छोड्न सिफारिस गर्ने राष्ट्रपतिले साथ दिने भन्दै कांग्रेसका नेताहरु अपराधीलाई फुलमाला लगाउने विपक्षिलाई मुद्धा लगाउने गरेको बताए ।

उनले खराब परिस्थितिबाट फाइदा लिन खोज्ने तत्व र शक्तिहरुबाट एमाले सचेत रहनु पर्ने र त्यस्ता शक्तिलाई परास्त गर्नुपर्ने बताए । उनले अधिवेशनबाट सकेसम्म सर्वसम्मतिबाट नेतृत्व छान्ने नसके निर्वाचनबाटै चुनिन आग्रह गरेका छन् ।

प्रदेश अधिवेशनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु नेता कार्य कर्ताको सहभागी रहेको थियोे ।

अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसिप्रसाद न्यौपानेले जानकारी दिए । आजको अधिवेशन १ हजारको नेता कार्यकर्ताको सहभागी रहेको उनले बताए ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकाल मुख्य प्रतिष्पर्धी छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img