इटहरी: कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा एमालेबाट रुक्मिणी कोइराला र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।
रूक्मिणी कोइरालाले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । सत्ता गठबन्धनमा मत क्रस हुँदा एमाले उम्मेदवारले जितेकी हुन् ।
एमालेकी कोइरालले ५ हजार ८६ मत प्राप्त गरेको र माओवादीकी कार्कीले ४ हजार ९ सय ९२ मत प्राप्त गरेकी छन् ।
सिटौलाले राप्रपाका उद्धव पौडेललाई पराजित गर्दै विजयी भएका हुन् । सिटौलाले कूल ५,२९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिष्पर्धी राप्रपाका पौडेलले ४,५६२ मत प्राप्त गरे । कोशीमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो।
कोशीमा एमाले र राप्रपाबीच तालमेल भएको थियो कोशीमा अन्य समूहबाट राप्रपा र महिलाबाट एमालेलाई सघाउने सहमति भएको थियो । कांग्रेसबाट अन्य समूहमा कृष्ण सिटौला उम्मेदवार छन् । कोशीमा कुल मतभार १० हजार १३५ थियो । कांग्रेस, माओवादी, एस र जसपासहितको सत्ता गठबन्धनको मत ५ हजार ४७४ थियो भने एमाले र राप्रपाको मत ४ हजार ६०४ छ । स्वतन्त्रको मत ५७ थियो ।