Thursday, May 15, 2025
देशकोशी प्रदेशइटहरी आएर ओलीले भने, ‘बजेटका लागि मलाई सम्झनुहोस्,’
spot_img

इटहरी आएर ओलीले भने, ‘बजेटका लागि मलाई सम्झनुहोस्,’

spot_img

इटहरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योजनामा राख्न र बजेट पार्नका लागि आफूलाई सम्झनुपर्ने बताएका छन् ।

इटहरी ४ स्थित कचना माध्यमिक विद्यालयमा निर्माण भएको विद्यालय भवन उद्घाटन गर्दै उनले बजेट पार्नका लागि आफूलाई सम्झनुपर्ने बताएका हुन् ।

नेपाल सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत विद्यालय ९ करोड ४६ लाख ८ हजार ५ सय ७८ रूपैयाँमा निर्माण सम्पन्न भएको कचना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढिक बहादुर राईले बताए ।

‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’

ओलीले इटहरी र सुनसरी क्षेत्रको विकासमा आफू सधैव तत्पर रहेको बताए । उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताए ।

विद्यालय उद्घाटन हुँदा शिक्षा क्षेत्रमा सहयोग पुग्ने वडा अध्यक्ष भक्त लामाले बताए । इटहरीका शिक्षा क्षेत्रमा इटहरी सरकार योजना लिएर अगि बढेको इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता कुमारी चौधरीले बताइन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img