Tuesday, December 3, 2024
देशप्रचण्ड र ओलीका पीएसओलाई बढुवा उपहार, अग्रपङ्क्तिका छुटे

प्रचण्ड र ओलीका पीएसओलाई बढुवा उपहार, अग्रपङ्क्तिका छुटे

काठमाडौं । प्रहरी सङ्गठनमा केही डीएसपीहरूलाई एसपीमा बढुवा गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)लाई प्राथमिकता दिइएको छ।

बुधबार गृहमन्त्रालयले जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ। बढुवा हुनेहरूमध्ये ३ जना प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीका पीएसओ हुन्।

प्रचण्डका पीएसओ भएर डीएसपी विनोद घिमिरे एसपीमा बढुवा भएका छन्। यस्तै, ओलीका पीएसओ रहेका राजन लिम्बू र सन्तोष तामाङलाई पनि बढुवा गरिएको छ।

त्यस्तै, ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, श्याम बाबु ओलिया र निरञ्जन दत्त भट्टलाई पनि एसपीमा बढुवा गरिएको छ।

अर्कोतर्फ, बढुवाका लागि प्रतिस्पर्धामा अग्रपङ्क्तिमा रहेका डीएसपीहरू छोतेका छन्। प्रतिस्पर्धाको १ नम्बरमा रहेका प्रदीपबहादुर क्षेत्री र ६ नम्बरमा रहेका नारायण रंजितकारलाई बढुवा गरिएको छैन।

यसरी वरिष्ठता र योग्यतालाई भन्दा पनि कार्यकर्ता र पीएसओलाई प्राथमिकता दिइनु प्रहरी सङ्गठनमा निष्पक्ष र पारदर्शी बढुवा प्रणाली नरहेको देखाउँछ। यसप्रति प्रहरी अधिकारीहरूबाट असन्तुष्टि पनि बाहिरिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img