राजनीतिबिदेशी राजा होइन, आफ्नै राजा फर्काउन सांसद शाहीको गृहमन्त्रीलाई आग्रह

बिदेशी राजा होइन, आफ्नै राजा फर्काउन सांसद शाहीको गृहमन्त्रीलाई आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई नेपालकै राजा फर्काउने अभियानमा लाग्न आग्रह गरेका छन्।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा सरकारले दिएको सार्वजनिक बिदाको विषयलाई लिएर सांसद शाहीले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्।

सांसद शाहीले गृहमन्त्री लामिछानेलाई लक्षित गर्दै लेखेका छन्, “माननीय रवि लामिछानेज्यू, हिजोका दिनहरूमा तपाईंले जनताको आवाज उठाउँदा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभयो, अब भन्नुहोस्, तपाईं र अरू नेतामा के फरक भो? बोल्ने एउटा गर्ने अर्को? बिदेशी राजाका खुट्टा नै ढोक्न जानुभन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस् कति गुलामी गर्छौं हो बिदेशीको?”

यसरी सांसद शाहीले गृहमन्त्री लामिछानेलाई कतारका अमिरको सम्मानमा बिदा दिएको विषयलाई लिएर निराश हुँदै नेपालकै राजा फर्काउन आह्वान गरेका छन्। केही समय अघि मात्र जनआन्दोलनबाट प्रजातन्त्र स्थापना भएको र लोकतान्त्रिक मूल्य र मान्यतालाई पूर्ण कार्यान्वयन गर्न बाँकी रहेकाले शाहीले यस्तो टिप्पणी गरेको मानिन्छ।

कतारका अमिरको नेपाल भ्रमण रहेकाले सरकारले बिहीबारलाई साार्वजनिक बिदा घोषणा गरेको थियो। गृहमन्त्री रवि लामिछानेले यसलाई समर्थन गर्दै नेपाल र कतारबीचको सम्बन्धलाई महत्व दिएका थिए। तर यसको विरोध पनि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img