राजनीतिप्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने, जसपाले समर्थन फिर्ता लियो

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने, जसपाले समर्थन फिर्ता लियो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् भने जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

कपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेका हुन्। संविधानको व्यवस्था अनुसार, अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ। यस सन्दर्भमा, प्रचण्डले सभामुखलाई पत्र पठाएर असार २८ गते विश्वासको मत लिने गरी संसदको कार्यसूचीमा राख्न अनुरोध गरेका छन्।

यसैबीच, अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकबाट यो निर्णय गरिएको हो। जसपा अध्यक्ष अशोक राईले प्रधानमन्त्री प्रचण्डलाई समर्थन फिर्ता लिएको पत्र लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img