राजनीतिबार परिसरमै घुसेर वकिहरूलाई धम्की दिने दुई व्यक्ति पक्राउ

बार परिसरमै घुसेर वकिहरूलाई धम्की दिने दुई व्यक्ति पक्राउ

हिजो प्रधानन्यायधीश चाेलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा हिजो आन्दोलनरत नेपाल बार एसाेसिएसन आबद्ध कानुन व्यवसायीलाई धम्काउने दुई जना पक्राउ परेका छन् ।

हिजो बिहिबार ३ गते बार एसाेसिएसनमा गएर आन्दोलनरत कानुन व्यवसायीलाई धम्काएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मुलपानीका सीताराम श्रेष्ठ रहेका छन् । अन्य दुई फरार छन् ।बौद्धबाट राति पक्राउ परेका दुबैलाई टेकुस्थित थुनामा राखेर अनुसन्धान जारी राखिएको काठमाडौं प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।

आन्दोलनरत कानुन व्यवसायीलाई योजनाबद्ध रुपमा धम्की दिइएकाे हाे वा अन्य कारण भनेर प्रहरीले अनुसन्धान गरिरहेका छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img