देशबागमती प्रदेशबागमती प्रदेशका मुख्यमन्त्री बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामा नियुक्त

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामा नियुक्त

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रमुख राजनीतिक सल्लाहकारका रूपमा लामा राज्यमन्त्री सरहको सुविधा पाउनेछन्। लामाले २०३६ सालदेखि नेपाली काँग्रेसमार्फत् राजनीतिक यात्रा सुरु गरेका थिए। २०४२ को सत्याग्रह, २०४६ र २०६२/०६३ को जनआन्दोलनका क्रममा उनी पक्राउ परेर हिरासतमा समेत परेका थिए।

राजनीतिमा सक्रिय लामाले २०४८ सालमा हेटौँडा–४ को सचिव भएर आधिकारिक रूपमा काँग्रेसको गतिविधिमा प्रवेश गरेका थिए। त्यसपछि क्षेत्रीय सभापति हुँदै २०५२ सालमा मकवानपुर जिल्ला सदस्य बने। २०५४ को स्थानीय चुनावमा उनले हेटौँडा–४ को अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए।

पार्टीभित्र विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका लामा २०५७ मा मकवानपुर जिल्ला सहसचिव, २०६२ मा महाधिवेशन समिति सदस्य बने। पछि निरन्तर महासमिति सदस्य रहँदै उनले २०६३ सालमा मकवानपुर काँग्रेसको कोषाध्यक्षको भूमिका सम्हाले।

२०७२ सालमा इन्द्रबहादुर बानियाँ सभापति हुँदा लामा जिल्ला सचिव बनेका थिए। पछिल्लो अधिवेशन (२०७८) मा उनी मकवानपुर जिल्ला सभापतिमा निर्वाचित भएका थिए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img