सुनसरी : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको नेपालद्वारा आयोजित एमसीसी सम्झौता र राष्ट्रिय हितको सवाल विचार गोष्ठी मंसिर १८ गतेका अनुसार एमसीसीको विषयमा सन् २००३ सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित जुम्ल्याहा टावरमा आतंकवादी हमलापश्चात अमेरिकी सरकारले आफ्नो राष्ट्रिय सुरक्षा नीति आतंकवाद केन्द्रीय गर्यो ।
तत्कालीन अमेरिकी राष्ट्रिपति जर्ज बुसले सन् २००२ मा त्यसप्रकारको राष्ट्रिय सुरक्षा नीति ल्याए । गरिबी आंतकवाद स्रोत हो र देशहरू धनी हुँदा आंगकवादसँग लड्न सक्छन् भन्ने विश्लेषणमाथि टेकेर दीर्घकालीन कार्यक्रमका रूपमा एमसीसी स्थापनाको प्रस्ताव अगाडि ल्याइयो । थुप्रै अनुसन्धानहरूले देखाएका छन् कि आंतकवादको स्रोत गरीबी होइन ।
वर्तमानमा सबैभन्दा बढी संख्यामा आंतङ्गवादी संगठनहरू युरोप र अमेरिकामा कृयाशिल भएको तथ्यबाट पनि यो पुस्टी हुन्छ।वास्तबमा आतंकबादको स्रोत अमेरिकालगायत साम्राज्यवादी मुलुकको अरुमाथिको उत्पीडित र अत्याचार हो । त्यसैगरी गलत वैचारिकि पनि अर्को स्रोत हो ।
आतंकबादी क्रियाकलापका लागि लगानिकर्ता पनि गरिबहरु होइनन् बरु साम्राज्यवादी स्वार्थमा कृयाशिल एजेन्सीहरु ,मध्यम वर्ग र त्यसभन्दा माथिल्लो तप्काले नै मूलत:लगानी गर्ने गरेको यथार्थ छर्लङ्गै छ । त्यसकारण एमसिसी स्थापनाको घोषित उद्देश्य आंतकवादको स्रोत गरिबी निवारण भने पनि यथार्थमा एसीसी स्थापनाको गुहय उद्देश्य अरु नै भयको बुझ्न सजिलै सकिन्छ ।
सन् २००३ मा अमेरिकी संसदबाट पारित कानुनका आधारमा एसीसी स्थापना भयो र २००४ बाट अनुदान परियोजनाको जलप लगाएर विभिन्न देशहरूमा लागु गर्न सुरू गरियो । एमसीसीको सम्झौता व्यवस्था रहेको छ ,एमसीसी र केही देशका अनुभव , मादागास्कर , घाना, माली तान्जानिया, आर्थिक आयाम , राष्ट्रिय स्वाधीनता र सुरक्षाको आयाम र संसरवादी पार्टीहरूको रबैया र क्रान्तिकारिहरूको दायित्व पनि रहेछ । सुरज राईले जानकारी दिएका छन् ।






