मकवानपुरबागमती गाउँपालिकासडक किनारमा रोकिएको अटोमा कार ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सडक किनारमा रोकिएको अटोमा कार ठोक्किँदा एकको मृत्यु, दुई घाइते

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिका–७ पाथिभरास्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

हेटौँडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र ३–०१–०२३ च ३०८१ नम्बरको कारले सडक किनारमा रोकिराखिएको ना २ ह ४५९२ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ठक्करपछि दुवै सवारी साधन सडकको नालिमा खसेका थिए।

अटोबाट ओर्लिएर भाडा तिर्दै गरेकी बागमती–७ की ४० वर्षीया चिनी माया रुम्बा कारको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइए पनि चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए।

त्यसैगरी, दुर्घटनामा अटो चालक बागमती–८ बस्ने २५ वर्षीय यमन राई र अटोमा सवार ११ वर्षीय सुबिन पुलामी मगर घाइते भएका छन्। उनीहरूको अवस्था क्रमशः सामान्य र मध्यम रहेको छ। मकवानपुरको दुवैजनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कार चालक काठमाडौं गोकर्णेश्वर–६ बस्ने ३५ वर्षीया सुजना लामा भने सकुशल रहेको र उनलाई इलाका प्रहरी कार्यालय फापरवारीको नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img