राजनीतिसभापतिमा देउवाकाे अग्रता, पछ्याउँदै काेइराला (मतसहित)

सभापतिमा देउवाकाे अग्रता, पछ्याउँदै काेइराला (मतसहित)

नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । हालसम्म १ हजार ४०५ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ६७८ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ५२० मत पाउँदा प्रकाशमान सिंहको १०७, विमलेन्द्र निधिको ७६ र कल्याण गुरुङले ५ मत छ ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img