Thursday, May 22, 2025
राजनीतियथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई
spot_img

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

spot_img

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कुनै सर्तमा पनि यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका हुन् ।

गठबन्धन तोडे संसद चलाउन र एमसीसी पारित गर्न एमालेले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्ने प्रचण्डको भनाइ निराधार भएको भन्दै उनले एमालेलाई बद्नाम गर्ने कुरा पुष्टि हुन नसक्ने बताए ।

उनले एमालेलाई गठबन्धन तोड्न र सरकारमा जान कुनै रुची नरहेको धारणा पनि राखे । त्यस्तै भट्टराईले कार्यव्यवस्था परामर्श बैठकमा आफुले राखेका मुद्धाका बारेमा जानकारी गराएको र माग पूरा गर्न नसके मार्गप्रसस्त गर्न सभामुखलाई सुझाव दिएको जिकिर गरे ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img