राजनीतिएमाले भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी हो : केपी ओली

एमाले भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी हो : केपी ओली

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी भएको बताएका छन्। एमाले पर्साले आयोजना गरेको सभामा ओलीले एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टाचारविरुद्ध आवाज उठाउने पार्टी भएको दाबी गरेका हुन्।

एमालेले जति विकास कसैले गर्न नसकेको र विकास देख्न नसक्नेहरूले परामादेशको सरकार चलाएको ओलीको जिकिर छ। ओलीले वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत बताए।

माओवादी केन्द्रलाई आफूले साथ दिएकै कारण अहिलेको शक्ति बनेको पनि उनको भनाइ छ। पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले ओलीलाई कार्यक्रममा एक सय ५१ किलोको मालाले स्वागत गरेका थिए । कार्यक्रममा मियाँसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img