सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई हिजो झापाको भद्रपुर-१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनमा उद्रघाटन गर्दै आग्रह गरेका थिय ।
“ देश गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ भनेका छन् । भ्रष्टाचारलाई घृणा गर्नुहोस् , ढिलासुस्ती नगरेर जनतालाई मन जित्नेगरि काम गर्नुहोस् । ´´ अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीति विचारबार प्रेरित हुने गरेका बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरेका छन् ।
त्यस्तै उनले भने “ काम गर्न बेलामा कर्मचारीले निरपेक्ष भएर सधै जनताको काम गरिरहनु पर्छ , कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो ।´´ कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई सधैं संरक्षण र सम्बद्धधन गर्दै अघि बढ्नुपर्छ भनेका छन् । अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रूपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई समेत आग्रह गरेका छन् ।
दुई तले भवनको कुल लागत रू.१ करोड ८८ लाख ९ हजार ५७० मा रहेको छ । भवनको शिलान्यास एमालेका अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गरेका थिय । नेपाल निजामती कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले जनाएका छन् ।



