देशमोटरसाइकलमा मोवाइल होल्डर राखे २० हजारसम्म जरिवान !

मोटरसाइकलमा मोवाइल होल्डर राखे २० हजारसम्म जरिवान !

काठमाडौं । राइडिङ एण्ड सेयरिङ कम्पनीमा आवद्ध मोटरसाइकल चालकलगायत युवाहरुले मोवाइल स्ट्यान्ड, गो प्रो स्ट्याण्ड राखेर हिड्दा दुर्घटना बढेको भन्दै महानगरिय ट्राफिक प्रहरी कार्यालयले कारवाही गर्ने भएको छ ।

यो नियम देशभरका मोटरसाइकल तथा स्कुटर चालकहरुमा लागु गर्न लागिएको हो । सवारीसाधनमा यसरी स्ट्याण्ड राख्दा साधन मोडिफाइ हुने कानुन आकर्षित हुनेभन्दै त्यसलाई नियन्त्रण गर्न लागिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले बाटोमा मोबाइल हेर्दै मोटरसाइकल तथा स्कुटर चलाउने बढेकोले दुर्घटनासमेत बढ्न थालेकोले यसरी गैह्रकानुनी तरिकाले स्ट्याण्ड प्रयोग गर्ने चालकलाई ५०० देखि २ हजारसम्म जरिवान गर्ने ब्यवस्था यातायात कानुनमा रहेको छ ।

ट्राफिक प्रहरीले अहिले चालकलाई सम्झाई बुझाई गर्नेदेखि न्यूनतम जरिवाना लिने गरेको भएपनि चाँडै सिधै कारबाहीको अभियान चलाउन लागिएको ट्राफिक प्रहरी प्रबक्ता रोजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

ट्राफिक प्रहरीले यातायात कार्यालयलाई न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका