Friday, January 17, 2025
सेयर बजारभोलीदेखि कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ खुल्दै

भोलीदेखि कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ खुल्दै

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गते मंगलबारदेखि ६ गतेसम्म ८ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । 

यसअघि कम्पनीले १ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित र १ लाख ८ हजार कित्ता शेयर विदेशीमा कार्यरत नेपाली श्रमिक बिक्री गरिसकेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

५४ हजार कित्ता सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई २१ हजार ६ सय कित्ता शेयर छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४ सय कित्ता शेयर सर्बसाधारणका लागि निष्काशन गर्न लागिएको हो ।

सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको उक्त आईपीओ ८९ हजार ६ सय ४० जनाले १०–१० कित्ताका दरले पाउने छन् । १२–१५ लाख बढीले भर्ने हुँदा उक्त कम्पनीको आईपीओ १० कित्तामात्रै भर्नु उपयुक्त हुनेछ । 

दोलखाको सदरमुकाम चरिकोटबाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा कम्पनीले केवलकार संचालन गर्दै आएको छ । केबलबार सञ्चालनपछि दर्शनार्थीहरुलाई सजिलो भएको छ । 

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img