खेल समाचारहारको झोकमा रोनाल्डोले समर्थकको मोबाइल फुटाए, त्यसपछि मागे माफी (भिडियो हेर्नुस्)

हारको झोकमा रोनाल्डोले समर्थकको मोबाइल फुटाए, त्यसपछि मागे माफी (भिडियो हेर्नुस्)

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति म्यानचेस्टर युनाइटेडले एभर्टनसँग १–० गोलको हार व्यहोरेपछि क्रिस्टियानो रोनाल्डोले एक समर्थकको मोबाइल फुटाएका छन्। यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रोनाल्डोले एक प्रशंसकको फोन तोडेको विषयमा माफी मागेका छन्। शनिबार साँझ एभर्टनविरूद्ध पराजित भएपछि रोनाल्डोले एक समर्थकको फोन फुटाएका हुन् । एभर्टनसँग हारपछि मैदानबाट निस्कने क्रममा रोनाल्डोले आक्रोशित हुँदै समर्थकको फोन फुटाइदिएका थियो। उक्त भिडिओ सामाजिक सञ्जालमा आएको थियो।

३७ वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमार्फतनै समर्थकसँग माफी मागेका हुन्। म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु र, यदि सम्भव छ भने, म यो समर्थकलाई निष्पक्ष खेल र खेलकुदको संकेतको रूपमा ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चाहन्छु,’ उनले भनेका छन्।

उनले आफूहरू कठिन क्षणमा रहेको भन्दै भावनाहरूसँग व्यवहार गर्न कहिल्यै सजिलो नहुने बताएका छन्। ‘यद्यपि, हामीले सधैं आदर, धैर्य र सुन्दर खेल मन पराउने सबै युवाहरूको लागि प्रेरणा बन्नुपर्छ’, रोनाल्डोले समाजिक सञ्जालमा पोष्ट गरेका छन्।

एभर्टनसँगको पराजयपछि च्याम्पियन्स लिगका लागि छनोट हुन युनाइटेडलाई कठिन भएको छ। यता म्यानचेस्टर युनाइटेडले भने एभर्टनमा भएको घटनाबारे अवगत भएको भन्दै प्रहरी अनुसन्धानमा सघाउने बताएको छ। म्यानचेस्टर युनाइटेड एभर्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो।

गुडिसन पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।

गोर्डनले २७औं मिनेटमा गोल गर्न सफल भएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड घरेलु टोलीसँग स्तब्ध बन्न पुग्यो। युनाइटेडले घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो। यो हारसँगै युनाइटेड ३१ खेलबाट ५१ अंक जोडेर सातौं स्थानमा रहेको छ। एभर्टन ३० खेलबाट २८ अंक जोडेर १७औं स्थानमा रहेको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img