Friday, January 17, 2025
खेल समाचारइटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

काठमाडौं, जेठ १९। अर्जेन्टिनाले फाइनलसिमा इटालीलाई ३–० गोल अन्तरले हराउँदै २०२२ को उपाधि जितेको छ ।

वेम्बली स्टेडियममा बुधबार राति भएको खेलमा लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाको एक एक गोलको मद्दतले अर्जेन्टिना च्याम्पियन बनेको हो ।

खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए । यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ च्याम्पियन बनेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img