Saturday, February 15, 2025
खेल समाचारइङ्ग्ल्यान्डले इरानलाई ६–२ गाेलले हरायाे

इङ्ग्ल्यान्डले इरानलाई ६–२ गाेलले हरायाे

फिफा विश्व कपकाे दाेस्राे खेलमा इङ्ग्ल्यान्डले इरानलाई फराकिलाे गाेल अन्तरले हराएकाे छ ।

आज साेमवार खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा इङ्ग्ल्यान्डले इरानलाई छ–दुई गाेल अन्तरले हरायाे ।

इङ्ग्ल्यान्डका लागि जुडे बेलिङ्घमले खेलकाे ३५ औँ मिनेटमा गाेल गर्दै टाेलीलाई अग्रता दिलायाे । यस्तै बुकायाे साकाले ४३ औँ र ६२ औँ मिनेटमा गाेल गरे । यस्तै रहीम स्टर्लिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरे । यस्तै मार्कस रशफाेर्डले ७१ औँ र ज्याक ग्रेलिशले ८९ औँ मिनेटमा गाेल गरे । 

इरानका लागि मेहदी तरेमीले खेलकाे ६५ औँ र दाेस्राे हाफकाे इन्ज्युरी समयमा गाेल गरे । याे जितसँगै समूह ‘बी’ मा रहेकाे इङ्ग्ल्यान्ड तीन अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । इरान भने तालिकाकाे पुछारमा छ । 

यस्तै आजै समूह ‘ए’ काे अर्काे खेलमा सेनेगल र नेदरल्यान्ड्स खेल्दै छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img