Saturday, December 7, 2024
खेल समाचारएमबाप्प कसरी बने उत्कृष्ट ?

एमबाप्प कसरी बने उत्कृष्ट ?

काठमाडौं । कतारमा गत आइतबार सम्पन्न विश्वकप फुटबलमा फाइनलिस्ट टिम फ्रान्सका खेलाडी किलियन एमबाप्पेको चर्चा सेलाएको छैन । २३ वर्षीय एमबाप्पेले जुन जादु अर्जेटिनाविरुद्धको फाइनलमा देखाए त्यो विश्वका सबै स्टार खेलाडीलाई समेत लोभ्याउने खालको थियो । विश्वकै स्टार खेलाडीका लागि विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने एउटा सपना हुन्छ ।

फ्रान्सको टिममा १० नम्बरको जर्सी लगाएर खेल्ने एमबाप्पले त्यो सपना पूरा गरे । पेरिस सेन्ट जर्मेनबाट खेल्ने एमबाप्पे विश्वकै उत्कृष्ट खेलाडीका रूपमा चार वर्षअघि मस्कोमा भएको विश्वकपमा नै देखापरेका थिए । मस्कोमा फ्रान्सले उपाधि जित्दा उनले फाइलनमा क्रोएसियाविरुद्ध गोल गर्दै विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिनेजर बनेका थिए ।

यसअघि १९५८ मा विश्वकपको फाइलनमा पेलेले १८ वर्षको उमेरमा गोल गरेका थिए । पेलेको गोलको मद्दतमा ब्राजिलले स्विडनलाई ५–२ ले हराएको थियो । यसपटक त एमबाप्पेले थु्रपै रेकर्ड नै बनाए ।

एमबाप्पेले १४ वर्षको उमेरमा मोनाकोको युथ सेटअपमा सामेल हुनुअघि एएस बोन्डीबाट आफ्नो करियर सुरु गरेका थिए ।

२०१५को डिसेम्बरमा उनले मोनाकोको टिमबाट वैकल्पिक खेलाडीका रूपमा डेब्यु गरेसँगै उनी क्लबको सबैभन्दा कान्छो खेलाडी बने । यो रेकर्ड यसअघि फ्रान्सका लिजेन्ड थिएर हेनरीको नाममा थियो । उनले २०१६÷१७ को सिजनमा २९ खेलमा १५ गोल गरे । जसको मद्दतमा मोनाकोले लिग १ को उपाधि जित्यो । मोनाकोमा प्रभाव पारेपछि एमबाप्पे ऋण सम्झौतामा २०१७ मा पेरिस सेन्ट जर्मेनमा सारिए । उनले पीएसजीको डेब्यु खेलमा नै गोल गरे । मेट्समाथि ५–१ को जितमा उनको गोल सामेल थियो ।

एमबाप्पेले पहिलोपटक अन्तर्राष्ट्रिय सफलताको स्वाद २०१६ यूईएफए अन्डर १९ च्याम्पियनसिपमा चाखे । फ्रान्सले फाइलनमा इटालीलाई हराएर उपाधि उचालेको सो प्रतियोगितामा ५ गोल गरेका थिए ।

उनले २०१७ मा लक्जमबर्गविरुद्धको खेलमा फ्रान्सका लागि वैकल्पिक खेलाडीका रूपमा डेब्यु गरे । उनी मारियानपछि फ्रान्सको प्रतिनिधित्व गर्ने दोस्रो कान्छो खेलाडी बने । उनले पहिलो अन्तर्राष्ट्रिय गोल २०१७ मा नेदरल्यान्डविरुद्ध गरेका थिए । फ्रान्सले २०१८ को विश्वकप जित्दा उनी प्रभावशाली थिए । उनले ५ गोल गरेका थिए । पेलेपछि विश्वकपको फाइलनमा गोल गर्ने पहिलो किशोर खेलाडी बने । उनी त्यतिबेला नै फिफा उत्कृष्ट युवा खेलाडी अवार्ड प्राप्त गर्न सफल भए थिए । उनलाई पेलेले समाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।

एमबाप्पेका बुबा विल्फ्रेड एक फुटबल प्रशिक्षक थिए र एएस बोन्डीमा आफ्नो करियर सुरु भएदेखि नै एमबाप्पेका एजेन्ट बनेका छन् । उनका कान्छो भाई एथान पनि प्रतिभाशाली खेलाडी हुन् । उनले भर्खरै पीएसजीका लागि हस्ताक्षर गरे । २०१८मै उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्राेंससँग अफ्रिकामा फुटबल विकासका लागि कुरा गर्न भेटेका थिए । फोब्र्सले अप्रिल २०२२ मा सार्वजनिक गरेको सूचीअनुसार विश्वको सबैभन्दा धेरै कमाउने खेलाडीमा सूचीमा उनी ३५औं स्थानमा छन् ।

उनको जन्म पेरिसको उत्तरमा रहेको एउटा सानो सहर बान्डीमा भएको हो । उनको परिवार बान्डी फुटबल क्लकको घरेलु मैदानको नजिकै बस्दथे । उनी त्यहाँ घन्टौं साथीसँग फुटबल खेल्थे । उनको पिता विलफ्रेड स्थानीय क्लबसँग आबद्ध थिए । त्यो क्षेत्रमा उनको पिताको प्रतिष्ठा थियो । पेरिसको फुटबल क्लबमा पनि उनको सम्बन्ध राम्रै थियो । उनको पिता मूलत क्यामरुनका हुन् । उनकी आमा फाएजा लमारी अल्जेरियाकी हुन् । उनी पनि ह्यान्डबल खेलाडी थिइन् ।

घरमा पनि फुटबलमय वातावरण थियो । टिभीमा पनि फुटबल नै हेर्थे । स्कुलमा पनि फुटबल खेल्थे । भनिन्छ, एमबाप्पेको श्वासश्वासमा फुटबल छ । उनको कोठाका भित्ता क्रिस्टियानो रोनाल्डोको पोस्टरले भरिन्थ्यो । रोनाल्डोलाई उनी आफ्नो आदर्श खेलाडी मान्छन् । सानैदेखि नै उनले फुटबलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको चर्चा पेरिसमा पनि फैलियो । फ्रान्सका सबै क्लब र युरोपियन टिम एलर्ट भए । तर, उनी योजनाबद्ध रूपमा अघि बढेका थिए ।

एमबापेको विश्वकप रेकर्ड

  •  विश्वकप विजेता १९ वर्षमा
  •  विश्वकपको गोल्डेनबुट विजेता २३ वर्षेमा
  •  १९६६ पछि विश्वकप फाइनमा पहिलो ह्याट्रिक
  • विश्वकप फाइलनका सर्वाधिक गोलकर्ता २००२ पछि एउटै विश्वकपमा ७ भन्दा बढी गोल गर्ने खेलाडी
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img