Monday, January 13, 2025
खेल समाचारइटहरीमा आजदेखि राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुँदै

इटहरीमा आजदेखि राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुँदै

सुनसरी / आठ टिमको सहभागितामा आजदेखि इटहरीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा आज शुक्रबारबाट सुरु हुने प्रतियोगिता माघ ७ सम्म हुने भएको छ ।

इटहरी- ९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी रहेका आयोजक टिमले जनाएको छ । उद्घाटन खेलमा आज शुक्रबार प्रदेश १ र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुदैछ । शुक्रबारै दोस्रो खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश भिंड्ने प्रतियोगिता रहेको छ ।

सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ क्लब, सुदूरपश्चिम, वाग्मती र गण्डकी प्रदेश छन् । प्रदेश १, कर्णाली, लुम्बिनी र मधेस प्रदेश समुह ‘बी’ मा छन् । विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याटर र बलरलाई समान २० हजार रुपैयाँ प्रदान गरिने छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img