देशकोशी प्रदेशप्रधानमन्त्री क्रिकेट टी–२० उपाधिको लागि प्रदेश एक र सुदुरपश्चिम प्रदेश आज खेल्दै

प्रधानमन्त्री क्रिकेट टी–२० उपाधिको लागि प्रदेश एक र सुदुरपश्चिम प्रदेश आज खेल्दै

सुनसरी / प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधिका लागि आज प्रदेश एक र सुदूरपश्चिम खेल्दैछन् ।

आज दिउँसो १२ बजेपछि इटहरी वडा नम्बर ९ जनता क्रिकेट पार्कमा हुदैछ । प्रदेश एक विभागीय क्लब एपीएफलाई हराउँदै फाइनलमा पुगेको हो । हिजो शुक्रबार भएको सेमिफाइनल खेलमा प्रदेश एकले एपीएफलाई ८ विकेटले हरायो ।

अर्को सेमिफाइनलमा मधेस प्रदेशलाई १ सय १४ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।

प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी रहेका छन् । प्रतियोगिताको विजेताले ५ लाख पुरस्कार र उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img