Saturday, February 15, 2025
खेल समाचारमछिन्द्र क्लबलाई हराउँदै साविक विजेता सगरमाथा युथ क्लब इटहरी गोल्डकपको प्रवेश

मछिन्द्र क्लबलाई हराउँदै साविक विजेता सगरमाथा युथ क्लब इटहरी गोल्डकपको प्रवेश

सुनसरी | इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको पहिलो सेमिफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ मछिन्द्र फुटबल क्लब काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा सगरमाथाले मछिन्द्रलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलका लागि स्थान तय गरेको हो । सगरमाथाका लागि खेल सुरु भएको ४ मिनेटमै राजीव लोप्चनले सुरुआती खाता खोले । खेलको १२ मिनेटमा सगरमाथाका लागि स्टेफिनले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा २–० भएको खेलमा दोस्रो हाफपछि सगरमाथाले पुनः १ गोल थपेको थियो । खेलको ५१ औं मिनेटमा सगरमाथाका मेस्सुकेले १ गोल गर्दै टिमलाई तेस्रो गोल दिलाए । यता, मछिन्द्रका लागि भने खेलको ८९ औं मिनेटमा टिम क्याप्टेन आफिज ओलावालेले पेनाल्टीमार्फत १ गोल गरे । मछिन्द्रका लागि यो गोल नै शान्तवना गोल भयो ।

खेलको म्यान अफ दि म्याच सगरमाथाका खेलाडी स्टेफिन घोषित हुँदै नगद दस हजारसहित ट्रफी हात पारेका छन् । साबिक बिजेता समेत रहेको सगरमाथा युथ क्लब मोरङले अब बिहीबारको बिजेता टिमसँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

बिहीबारको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज क्लब काठमाडौं र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने खेलकुद आयोजकले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img