देशकोशी प्रदेशइटहरीको तालतलैयामा जेठ ३२ गतेदेखि असार ९ गतेसम्म फुटबल हुने

इटहरीको तालतलैयामा जेठ ३२ गतेदेखि असार ९ गतेसम्म फुटबल हुने

सुनसरी / इटहरीमा यहीँ जेठ ३२ गतेदेखि असार ९ गतेसम्म तालतलैया च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।

इटहरी २ स्पोटर्स एरिया फुटसल आपगाछिमा पत्रकार सम्मेलन गर्दै प्रथम तालतलैया च्यालेन्ज कपको आयोजनामा इटहरी २ स्थित बुढासुब्बा खेल मैदानमा फुटबल हुने भएको छ । प्रतियोगितामा सुनसरी , मोरङ , झापा र उदयपुर लगाएत विभिन्न टिम गरी १० टिमको सहभागी हुने छ ।

प्रतियोगितामा विजयी टिम नगद ५१,००० हजार उपविजेता टिमलाई नगद ३१,००० सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरीने भएको छ । खेलमा कुल लागत १२ लाख ३२ हजार हुने तालतलैया फुटबल कपका अध्यक्ष शंकर राईले बताए ।

खेलमा हरेक खेलको म्यान अफ दि पुरस्कार ,विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरीने भएको छ । खेल क्षेत्रमा युवाहरूलाई प्रोत्साहित गर्नका निम्ति उक्त प्रतियोगिताले सहजीकरण गर्ने तथा क्लबले यसअघि पनि विभिन्न प्रतियोगितामा सहभागी भइ विजयी भएको क्लबका सचिव रोसन भुजेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img