देशकोशी प्रदेशभोजपुरको छिनामखुमा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु

भोजपुरको छिनामखुमा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु

सुनसरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर – २ छिनामखुमा छिनामखु कप प्रथम संस्करण खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता हिजो शनिबार बाट सुरु भएको छ ।

कात्तिक ११ गते देखि १७ गते सम्म खेल सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिताको उद्घाटन टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले गरेका छन् । अध्यक्ष बस्नेतले रेफ्रीलाई फुटबल प्रदान गरी खेलको उद्घाटन गरेका थिए ।

छिनामखु युवा समाजको आयोजनामा भएको उक्त फुटबल प्रतियोगितामा पुरुष तर्फ १६ टिम सहभागी रहेका छन् भने महिला तर्फ ४ टिम सहभागी भएका छन् ।

उक्त फुटवल प्रतियोगिता छिनामखुमा रहेको कुलुङ सामुदायिक खेलकुद मैदानमा भईरहेको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार ११ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै महिला तर्फ प्रथम हुने टिमले २५ हजार ५सय २५ र दोस्रो हुनेले १५ हजार १ सय १५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छिनामखु युवा समाजका अध्यक्ष रुवालुङ राईले बताए ।

हिजो भएको पहिलो प्रतियोगितामा कोदार फुटवल क्लव भोजपुर र नौलेगाउ विच भएको प्रतियोगितामा १ -१ गोल गरी वरावरी खेलेका छन् । स्थानीय स्थरका खेलाडीलाई क्षमता वृद्धि गर्ने, तथा पर्यटन प्रबन्धन , खेलाडी चिनाउने र युवाहरू लागु औषध दुव्र्यसनीमा नफसुन भनेर आयोजना गरिएको आयोजकले जनाएको छ ।

सो उद्घाटन कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका उपाध्यक्ष रमा राई , वडा अध्यक्ष स्थानीय खेलाडी , विभिन्न संघ संस्थाका प्रतिनिधि , स्थानीयवासि लगाएतको सहभागी रहेको थियोे ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img