खेल समाचारभारतीय खेलाडी सुभयान कुण्डुले जिते हेटौंडा कप बुद्धिचाल उपाधि

भारतीय खेलाडी सुभयान कुण्डुले जिते हेटौंडा कप बुद्धिचाल उपाधि

हेटौंडा: नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा ६ दिन सम्म सञ्चालन भएको एशियन खुल्ला रेटिङ्ग हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन्। उनले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अंक बनाएर नगद एकलाख पचिस हजार पुरस्कार राशी हात पार्न सफल भएका छन् । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भएपनि बंगलादेशका एफएम सरिफ होसेन माथि जित हात पार्दै एकल बिजेता बनेका छन्।

नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न यस प्रतियोगितामा ७/७ अंक जोड्दै दोश्रो स्थानमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले नगद पचहत्तर हजार र तश्रो स्थानमा भारतका एफएम अरबिन्दर प्रित सिं नगद चालीस हजार जित्न सफल बनेका छन्।

होटल सामनामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा बंगलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ , एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अंक प्राप्त गर्दै चौथौं देखि दशौं स्थानमा समेटिन सफल बनेका छन्।

यसैगरी हेटौंडा चेस क्लबको व्यवस्थापन रहेको चेस प्रतियोगितामा एफएम नयम हक एघारौं , नेपालका एआईएम शुश्रुत दहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशिष् राज चौधौं र भारतका आदित्य बर्टके पन्ध्रौं स्थानमा रहन सफल बनेका छन्।

यसैगरी उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहन सिं प्रधान दोश्रो, उत्कृष्ट महिला खेलाडी श्रीलंकन सचिनि रानासिंघे महिला प्रथम , इसानाभि दोश्रो, बेष्ट युथ १०- इस्माइल सिद्धिकि, ओम कश्यप, १२- कुमार भमरद्वाज, अविन पाण्डे, १४- आयुश डेमानराउरा, अत्रिञ्जय, १६- देव राज , पुरुषोत्तम सिलवाल, १८- कमद मिश्र, मुहान श्रेष्ठ, बेष्ट अनरेटेड रसिक सिद्धिकि,स्वर्णिम दुवाल, अन्डर १५०० रेटेडमा नेपालका कुशल बेलबासे, रोहन कुमार, अन्डर १७०० रेटेड अक्षत नेगि, शिभम चौधरी, अन्डर १९००रेटेड मोहित कुमार, सोम्यजित दासले क्रमश: फरक क्याटेगोरीहरुमा उत्कृष्ट रहँदै पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण एवं समापन समारोहमा प्रमुख अतिथि बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, पाब्सनका, बागमती, अध्यक्ष केशव लाल श्रेष्ठवाट सम्पूर्ण विजयी खेलाडीहरुलाई नगद पाँचलाख सतासी हजार पाँच सय, ट्रफी , मेडल र प्रमाणपत्र वितरण गरे ।

प्रतियोगिताको डिरेक्टर तथा नेपाल खेलकुद महासंघ र नेपाल बुद्धिचाल महासंघको महासचिव धरम बहादुर लामाले आगामी साल जिम नर्म प्रतियोगिता गर्ने घोषणा गरे ।

समापन कार्यक्रममा मा. मन्त्रीज्यूले एशियाली स्तरको बुद्धिचाल खेल प्रवर्द्धन गर्न बाग्मती प्रदेश सरकार र प्रदेश खेलकुद बिकास परिषद् हातेमालो गर्न तत्पर रहेको मन्तब्य ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img