Tuesday, June 24, 2025
खेल समाचारभोजपुरको दिङ्लामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने

भोजपुरको दिङ्लामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने

spot_img

भोजपुर / भोजपुरको दिङ्लामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा कोशी प्रदेश भरिको पालिकाहरुले सहभागिता माघ २४ गतेदेखि २७ गतेसम्म अन्तर – पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने हो ।

भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारमा हुने प्रतियोगितामा कोशी प्रदेश भरिका १ सय ३७ पालिकाहरुले सहभागी हुन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार नगद सहित सिल्ड, मेडल साथमा प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टिमले १ लाख साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा तेस्रो हुने टिमले नगद ५० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने प्रतियोगितामा ६ विधामा उत्कृष्ट खेलाडीहरुले ५ हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद कार्यालय भोजपुरका सचिव ग्याल्जेन शेर्पाले जानकारी दिएका छन् ।

सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुद मार्फत पर्यटनको सन्देश भन्ने मुल नाराका साथ जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेश भरिका पालिकाहरुले नगद रु २५ सय दर्ता शुल्क बुझाएर टिम दर्ता गर्न पाउने छन् भने सहभागि भए पश्चात टिम दर्ता शुल्क फिर्ता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले बताएका छन् ।

जिल्लामा स्तरीय भलिबल प्रतियोगिता नभईरहेको र जिल्लाबाट राष्ट्रिय टिम साथै भलिबल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको अत्यधिक भएको तर पछिल्लो समयमा भलिबलको क्षेत्रमा निराशाजनक अवस्था उत्पन्न भएकोले यो प्रतियोगिता आवश्यकता भएकोले प्रतियोगिता आयोजना गएिको खेलकुद समितिका अध्यक्ष शेर्पाले बताएका छन् ।

अध्यक्ष शेर्पाले आफु जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएसंगै विभिन्न खेलकुदलाई दिर्गकालिन ढंगबाट विकास गर्नका लागि जिल्ला खेलकुद विकास समिति लागेको समेत बताए । अझ विशेष खेलकुदको नारा राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई पुर्ण सार्थकता दिनको लागि खेलकुद अपरिहार्य भएको बताउँछन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img