खेल समाचारनेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ – नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन बनाएको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक २९ रन बनाएकी थिइन् भने कविता कुँवरले २३, रुबिना क्षेत्रीले २०, सिता राना मगरले ६, डोली भट्टले २५ र कविता जोशीले २ रन बनाएकी थिइन् ।

यस खेलको विजेताले फाइनलमा युएईसँग खेल्ने छ । युएईले आजै सम्पन्न पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img