इटहरी – “खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा आज गतेदेखि वडा कप फुटबल प्रतियोगिता शुरू भएको छ।
आजको पहिलो खेलमा इटहरी वडा नम्बर २ र इटहरी वडा नम्बर १५ का खेलाडीहरूबीचको प्रतिस्पर्धामा वडा नम्बर २ ले ३ गोल गर्दै विजय हासिल गरेको छ। खेलको म्यान अफ द म्याच सिजल राईले एक हजार रुपैयाँ पुरस्कार पाएका छन्।
उपविजेता इटहरी वडा नम्बर १५ ले २ गोल गरेको थियो। प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र उपाधि हात पार्नेछन्, भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत प्रदर्शनतर्फ उत्कृष्ट खेलाडीहरूलाई पनि उपयुक्त पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक कोबिद जंग कार्कीले बताए ।
खेलाडीहरूलाई देशको गरिमा भन्दै उनीहरूलाई वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको बताउँदै इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रतन कार्कीले भने ।
भोलिको खेलमा इटहरी वडा नम्बर ३ र इटहरी वडा नम्बर १७ बीचको प्रतिस्पर्धा हुनेछ। युवाहरूलाई एकत्रित गर्ने र खेलप्रति आकर्षित गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष यामकुमार राईले बताए। फाइनल खेल फागुन १३ गते हुनेछ।