काठमाडौं | नेपालले सोमबार दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको खेलमा माल्दिभ्सलाई ११-० गोलले हराउँदै शानदार जित हासिल गरेको छ।
खेलमा नेपालले माल्दिभ्सको रक्षालाई पुर्ण रूपमा छिन्नभिन्न बनाएको थियो। नेपालको जितमा रेखा पौडेलले ५ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। प्रिती राईले ३ गोल गर्दै टिमलाई थप बलियो बनाइन्। त्यस्तै, अनिता केसी, सबिता राना मगर, र अमिशा कार्कीले पनि एक-एक गोल गर्दै जित सुनिश्चित गरेका थिए।
यो जितसँगै समुह बी मा रहेको नेपाल ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। भुटानको पनि ४ अंक रहे तापनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने श्रीलंकाले ३ अंक जोडेको छ। माल्दिभ्स भने १ अंकसहित अन्तिम स्थानमा पुगेको छ।
नेपालको यस शानदार जितले समूह चरणको स्थिति थप रोचक बनेको छ।