Wednesday, March 26, 2025
खेल समाचारक्यानको नयाँ वर्गीकरण: कसले बढुवा पाए, कसले स्थान गुमाए?

क्यानको नयाँ वर्गीकरण: कसले बढुवा पाए, कसले स्थान गुमाए?

काठामाडौं |  नेपाल क्रिकेट संघ (क्यान) ले २०२५ का लागि क्रिकेट खेलाडीहरूको वर्गीकरण सार्वजनिक गरेको छ, जसअनुसार पुरुष र महिला दुवै टिमका खेलाडीहरूको तलब संरचना निर्धारण गरिएको छ। यो वर्गीकरणले केही खेलाडीलाई उच्च श्रेणीमा पुर्‍याएको छ भने कतिपयले आफ्नो स्थान गुमाएका छन्।

पुरुषतर्फ ग्रेड ‘ए’ मा पाँच खेलाडी

पुरुष राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेलसहित पाँच खेलाडीलाई ग्रेड ‘ए’ मा राखिएको छ। यस श्रेणीमा उनको साथमा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछाने परेका छन्। यी खेलाडीहरू आगामी छ महिनासम्म मासिक एक लाख रुपैयाँ तलब पाउनेछन्।

तर, यसअघि ग्रेड ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल भने आफ्नो स्थान जोगाउन सकेनन्। उनीहरू ग्रेड ‘बी’ मा घटुवा भएका छन्। यही श्रेणीमा गुलशनकुमार झा, ललितनारायण राजवंशी, अनिलकुमार साह पनि छन्। अनिल पहिलो पटक क्यानको वर्गीकरण सूचीमा परेका छन्, जुन उनको लागि महत्वपूर्ण उपलब्धि हो।

अर्कोतर्फ, अलराउन्डर कुशल मल्ल र आरिफ शेखले ग्रेड ‘बी’ बाट झरेर ग्रेड ‘सी’ मा स्थान बनाएका छन्। उनीहरूका अलावा सन्दीप जोरा र भीम सार्की पनि यही श्रेणीमा छन्।

महिला टिममा पूजा महतोको उत्साहजनक उचाइ

महिला खेलाडीहरूको वर्गीकरणमा सबैभन्दा उल्लेखनीय परिवर्तन पूजा महतोको बढुवा हो। यसअघि ग्रेड ‘सी’ मा रहेकी पूजाले यु-१९ विश्वकप र एसिया कपमा देखाएको उत्कृष्ट प्रदर्शनकै कारण ग्रेड ‘ए’ मा स्थान बनाउन सफल भइन्।

महिला राष्ट्रिय टिमकी कप्तान इन्दु बर्मा, अलराउन्डरद्वय रुविना क्षेत्री र सीता रानामगर यसअघि नै ग्रेड ‘ए’ मा थिए। पूजाको आगमनले ग्रेड ‘ए’ का खेलाडीहरूको सूचीलाई थप बलियो बनाएको छ।

यसैगरी, ग्रेड ‘बी’ मा कविता कुँवर यथावत् रहेकी छन् भने ग्रेड ‘सी’ मा कविता जोशी र सम्झना कुमारी खड्का परेका छन्।

वर्गीकरणअनुसार पुरुष खेलाडीहरूका लागि ग्रेड ‘ए’ को तलब मासिक १ लाख, ग्रेड ‘बी’ को ७० हजार, ग्रेड ‘सी’ को ५० हजार र ग्रेड ‘डी’ को ३० हजार रुपैयाँ निर्धारण गरिएको छ। महिलातर्फ ग्रेड ‘ए’ का खेलाडीहरूले मासिक ५० हजार रुपैयाँ पाउनेछन् भने ग्रेड ‘बी’ का खेलाडीहरूको तलब ३५ हजार तोकिएको छ।

क्यानले जनवरीदेखि जुनसम्मका लागि यो वर्गीकरण लागू गरेको हो। खेलाडीहरूको प्रदर्शनका आधारमा आगामी जुलाईदेखि डिसेम्बरसम्मका लागि पुनः वर्गीकरण गरिनेछ। यसको अर्थ, यदि कुनै खेलाडी उत्कृष्ट प्रदर्शन गर्छ भने ऊ बढुवा हुन सक्छ, भने कमजोर प्रदर्शन गर्नेले आफ्नो स्थान गुमाउने सम्भावना रहन्छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img