Sunday, July 13, 2025
खेल समाचारहेटौँडामा सुरु महिला गोल्डकप फुटबल प्रतियोगिता उद्घाटनमै विवादित: बत्ती अभावमा टाइब्रेकर

हेटौँडामा सुरु महिला गोल्डकप फुटबल प्रतियोगिता उद्घाटनमै विवादित: बत्ती अभावमा टाइब्रेकर

spot_img

हेटौँडा | मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजना गरिएको पहिलो महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता उद्घाटनमै विवादमा तानिएको छ। शुक्रबार हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुर टोली चितवनसँग टाइब्रेकरमा ५–४ ले पराजित मात्र भएन, निर्णायक क्षणमा बत्ती नभएको कारण प्रतियोगिताको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ।

निर्धारित ६० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत निर्णय गरिएको थियो। तर, बत्तीको प्रबन्ध नभएकाले खेलको अन्तिम भाग अँध्यारोमै सम्पन्न भएको थियो। यस्तो अवस्थामा खेलाडी र दर्शक दुवै असहज बने।

एक खेलाडीले भनिन्, “हामी पोस्ट देख्नै सकिरहेका थिएनौं। यस्तो अँध्यारोमा कसरी पेनाल्टी खेलिन्छ?” दर्शक दीर्घाबाट पनि नाराहरू गुञ्जिए — “बत्ती छैन, खेल रोक।”

चितवनतर्फ भावना क्षेत्री, अस्मिता चौधरी, सुशिला भुजेल, चण्डिका राना र सिर्जना अधिकारीले गोल गरे। मकवानपुरबाट सजिना कोइराला, सजिना स्याङ्तन र सुनिता भुलनले गोल गरिन्, जबकि अनु राईको प्रहार बाहिरिएको थियो। चितवनले चुनौतीपूर्ण अवस्थाबीच जित दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

राष्ट्रिय खेलकुद नीति २०७३ मा भनिएको छ — “खेल प्रतियोगिताहरूको शारीरिक सुरक्षाका साथै प्राविधिक पूर्वाधार सुनिश्चित गर्न सम्बन्धित निकाय जिम्मेवार हुनेछ।” त्यसैगरी, फिफा र एएफसी को प्रतियोगिता नियमावलीमा पनि साँझपख हुने खेलमा स्थायी उज्यालोको व्यवस्था अनिवार्य मानिन्छ।

एक स्थानीय फुटबल विश्लेषक भन्छन्, “बत्ती नहुँदा प्रतियोगिता मजाकजस्तो देखियो। आयोजकले न्यूनतम तयारी नगरेको देखिन्छ। यसले महिला फुटबलको सम्मानमा आघात पुर्‍याउन सक्छ।”

यस सम्बन्धमा मकवानपुर जिल्ला फुटबल संघका एक पदाधिकारीले भने, “बत्तीको समस्या आकस्मिक रुपमा देखिएको हो। दुवै टिम खेल्न तयार भएरै रोक्न सकिएन।”

उनी भन्छन्, “हामी महिला फुटबलको प्रवर्द्धनमा प्रतिबद्ध छौं। यस्तो समस्या नदोहोरियोस् भन्नेमा सचेत छौं।”

उद्घाटनमै देखिएको यस्तो अवस्था प्रतियोगिता सस्तो शोमा सीमित हुन सक्ने चिन्ता बढेको छ। साथै, यस्तो व्यवस्थापनले महिला खेलाडीहरूको मनोबल गिराउने खतरा पनि छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img