पर्यटनतेह्रथुमको संस्कृति झल्काउने चोत्लुङ पार्क

तेह्रथुमको संस्कृति झल्काउने चोत्लुङ पार्क

सुनसरी : सङ्खुवासभा र तेह्रथुमका सिमानामा रहेको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको लिम्बू संस्कृति झल्काउने चोत्लुङ पार्क पर्यटकीय बनेको छ । चोत्लुङ पार्कमा लिम्बूहरुको संस्कार संस्कृतिसम्बन्धी सबै सामग्री सङ्ग्रहित गरिएको छ । एक पर्यटकीय स्थल चोल्लुङ पार्क भनेको छ ।

चोत्लुङ (सिद्धी प्राप्ति) पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । लिम्बू समुदायको मौलिकतासँग जोडेर ढुंगामात्र प्रयोग गरेर बनाइएको यो पार्क हेर्नका लागि दैनिक सयौं को संख्यामा पर्यटकहरु आउन थालेका छन् ।

पछिल्लो समय तिनजुरेमा लालि गुराँस फुलेको हेर्न आउने आन्तरिक पर्यटन यहाँ पुगेर जाने गरेका छन् । चैत बैशाख जेठमा यहाँ डकमक्क गुराँस फुलेर डाँडा काडा राताम्मे हुन्थ्यो अहिले भने यहाँ केही कमै मात्रामा गुराँस फुलेको छ । स्थानीयले बताउछन् गत सालको जस्तो अहिले गुराँस नफुलेको र गत सालमा आउने पर्यटन अहिले त्यति नदेखिएको बताए ।

यो पार्कको विभिन्न भागमा अग्ला अग्ला ढुंगाका स्तम्भहरु गाडिएका छन् । यसरी ढुंगा गाडिने परम्परा लिम्बू समुदायमा प्राचिनकाल देखि नै छ । लिम्बूहरुले जन्मदेखि मृत्यु पर्यन्तसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात् ढुंगा गाड्दछन् । यहाँ परम्परागत सामानको जगेना गरेर राखिएको सामान हेर्न पाइन्छ । घुमघाम र अध्ययनका लागि पनि यो पार्क बनेको छ । यस पार्क करिब ४०-४५ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img