सुनसरी : गर्मी बढेसँगै धनकुटाको पर्यटकीय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक चहलपहल बढेको छ । तराईमा दिनहुँ ३८ देखि ४० डिग्री तापक्रम बढेकाले गर्मी भएसँगै भेडेटारमा पर्यटक चहलपहल बढेको छ ।
२ वर्ष जति कोभिड-१९ महामारीले थलिएको पर्यटन क्षेत्रमा यस वर्ष भने पर्यटक चहलपहल बढ्दै गएको छ । भेडेटारमा गर्मी छल्न भनि प्रदेश न. १ का सुनसरी ,मोरङ, झापा , भारत लगाएका विभिन्न जिल्लाबाट पर्यटक आएका आउने गरेका छन् ।
विभिन्न पर्यटकीय गतिविधि गर्न रुचाउने, नयाँ वर्षमा घुम्न चाहने र पारिवारसहित रमाउनेको संख्या बढेकै कारण पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले शनिबार र सार्वजनिक विदाको दिन भिड हुने स्थानीय व्यापारी बताउछन् ।
यहाँ रहेका पर्यटकीय स्थल नमस्ते झरना , भेडेटार बजार , शंख पार्क , पाथीभरा मन्दिर , नाम्जे लगाएत पर्यटकीय क्षेत्रमा पर्यटक आउने गरेका छन् । भेडेटारको पाथीभरा मन्दिर दर्शन गर्न आउने भेडेटार बजार घुमेर जाने गरेका छन् । तराईमा अत्यधिक बढेकाले चिसो खान भनी भेडेटार घुम्न आएको एक पर्यटकले बताउछन् ।
भेडेटार बजारदेखि आधा घण्टाको दूरीमा अवस्थित नमस्ते (सिम्सुवा) झरना, नाम्जेमा पनि उत्तिकै पर्यटक आउने जाने गरेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ मा रहेको नमस्ते झरनामा यति बेला एक हजार बढी आगन्तुक पर्यटक आउन थालेका छन् ।
केही समयदेखि तराईमा बढेको गर्मीका कारण पुर्वी तराईका मात्र हैन नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भेडेटारको चिसो हावापानीमा दृश्यलोकन सँग नजिकै रहेको नमस्ते झर्नामा पौडी खेल्ने र डुबुल्की मार्नेहरूको संख्यामा अत्यधिक बढेको छ । भारतका ८० प्रतिशत बाह्य पर्यटक आउने गरेका छन् ।