सुनसरी : धरान–२० स्थित श्रम–संस्कृति पार्कमा श्रम गर्न आउने जानेको भिड लाग्ने गरेको छ ।
स्थानीय तहको निर्वाचनमा खानेपानीको समस्यालाई मूल मुद्दा बनाउँदै स्वतन्त्र उम्मेदवारबाट मेयरमा निर्वाचित हर्क साम्पाङले लगाभमा निर्माण गरिएको हो । धरानको चिनारी दिने ‘आरा काटेको धरान’ राख्नुका साथै पार्क हेर्नलायक बनाएपछि स्थानीय पर्यटकको ओहोरदोहोर गर्ने गरेका छन् ।
खानेपानी, वृक्षरोपण जस्ता काममा श्रमदान गर्न साम्पाङको आह्वानपछि सम्बन्धित निर्माणस्थलमा स्थानीयको उपस्थिति बढ्ने गरेको छ । अहिले त्यहाँ दैनिक ३ सयदेखि ४ सयसम्म स्थानीयबासी पुग्ने गरेका छन् ।



