Friday, February 7, 2025
पर्यटनतेह्रथुमको तीनजुरेमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण गर्ने

तेह्रथुमको तीनजुरेमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण गर्ने

सुनसरी / तेह्रथुम,ताप्लेजुङ र संखुवासभाको संगम स्थल गुराँसको राजधानी टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको छ । बसन्तपुर,सानो पाथीभरा,तिनजुरे क्षेत्रमा स्थानीय सरकार , प्रदेश सरकार , संघिय सरकारको सहकार्यमा राजधानी टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको छ ।

शहरी विकास मन्त्री सीता गुरुङको पहलमा शहरी विकास मन्त्रालयबाट १ करोड रकम विनियोजन गरेर लालीगुराँस पार्क निर्माण गर्ने लालीगुराँस नगरपालिका नगर प्रमुख अर्जुन माबोहाङले जानकारी दिए ।

नगर प्रमुख माबोहाङका अनुसार पार्कमा गुराँसको ढुवानी,रोपण तथा यस क्षेत्रमा रहेको पोखरी संरक्षणका साथै लालीगुराँस सम्बन्धी गोष्ठि नगरपालिकाले गर्ने भएको छ । पार्क क्षेत्रमा पुर्वाधार विकासका कामहरु शहरी विकास मन्त्रालयको सहयोगमा नयाँ शहर आयोजना मार्फत हुने र तिनजुरे,मिल्के,जलजले क्षेत्रबाट २८ प्रजातीका लालीगुराँस ल्याएर पार्क क्षेत्रमा रोपिने गरिने पार्क निर्माण गर्ने भएको छ ।

पार्क निमार्ण क्षेत्रमा यही भदौ २ गते अध्यायन गरीने र अध्यायन प्रश्चात यस क्षेत्रमा रहेको सामुदायिक बनका पदाधिकारी वनस्पती विज्ञहरुको टोली टिएमजे क्षेत्र गई विरुवाहरुको अध्यायन गरी २८ प्रजातीका विरुवा ल्याई रोपिने भएको हो ।Screenshot 2023 0817 091141

चैतै सामुदायिक बन, तिनजुरे रातपोखरी समुदायिक वन र तिनेजुरे सामुदायिक वन क्षेत्र भित्र २ हेक्टर क्षेत्रफलमा पार्क निमार्ण हुने भएको लालीगुराँस नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताथ प्रवक्ता देबेन्द्र खड्काले बताए । पार्क सँगै तिनजुरे पाँचपोखरी जाने बाटोको दायाँबायाँ पदमार्ग क्षेत्रमा समेत गुराँस रोपण गरिने भएको छ । तिनजुरेमा पार्क निर्माण हुँदा अझै आन्तरिक तथा बाह्य पर्यटक थपिने आशा जागेर आगएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस