सुनसरी / धनकुटाको भेडेटारमा अवस्थित पाथीभरा माताको मुर्ति । भेडेटार धार्मिक तथा पर्यटकीय क्षेत्र हो ।
पर्यटकिय,व्यवसायीक रुपमा परिचित जिल्लामात्र नभएर यो संगम स्थल धार्मिक दृष्टिकोण बाट पनि पबित्र स्थल रहेको छ । पछिल्लो समय भेडेटार घुम्न आउने धार्मिक पर्यटकहरुका लागि पाथीभरा देवीको मन्दिर पवित्र स्थल बन्दै गएको भत्तजनहरु बताउछन् । भेडेटार बजारबाट करिब १५ -२० मिनेटमा पुग्न सकिन्छ छ ।
चिसो मौसम,पहाडका रमाइला डाडा अनि कुहिरोमा छोपिएको भेडेटारको शिरमा अवस्थित पाथिभरा माताको महिमा अपरम्पार छ । वरिपरिका बाख्रा हराएपछी त्यस्को खोजी गर्ने क्रममा यहाँ माता अबस्थित रहेको थाहापाएपछि पुजापाठ गर्न थालेको किम्ब दन्ती रहेको छ । सेन वंशीय राज्यका सेनाले पुजा अर्चना शुरु गरेको कथन रहेको मन्दिरमा भाकल पुरा गर्न आउनेको भिड बढ्न थालेको हो ।
१२ महिना दर्शनार्थी आउने यस पाथिभरा मन्दिरमा बाटो सहज र सुबिधा रहेको छ । जुन ठाउँ भेडेटार बाटर इटहरी धरान भेडेटार हुदै पुर्वि पहाडी जिल्ला आवज जावज गर्न सकिन्छ ।