Friday, May 16, 2025
मौसमआज प्रदेश–१ मा भारी वर्षाको सम्भावना
spot_img

आज प्रदेश–१ मा भारी वर्षाको सम्भावना

spot_img

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

प्रदेश–१ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img