काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्य बदली रहेकोछ भने प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
त्यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राति देशभर आशिकदेखि सामान्य बदली रहनेछ भने गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
शुक्रबार रातिसम्मको मौसम पूर्वानुमान
आज
दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बिहिबार
बिहीबार पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार राति भने सुदूरपश्चिम, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
शुक्रबार
शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।