मौसमआज यी स्थानमा भारी वर्षा , उच्च सतर्कता अपनाउन आग्रह

आज यी स्थानमा भारी वर्षा , उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका केही स्थानहरूमा गए राति भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाको दमक, उर्लाबारी, शनिश्चरे, चन्द्रगढी आसपास भारी वर्षा भएको छ । मेची विरिङ, निन्दा, रतुवालगायत साना खोलामा बाढीको जोखिम छ । नदीतटीय तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यता, बागलुङ, कास्की, तनहुँ, गोरखा र आसपास केही स्थानमा भारी बर्षा मापन गरिएको छ । उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

उता, सुनसरीको इटहरी र आसपास भारी वर्षा मापन गरिएको छ । बूढी खोला, खेसलिया खोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img