मौसमआज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने

काठमाडौं – बुधबार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश वर्षा हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान शाखका अनुसार प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साँझमा भने उल्लेखित प्रदेशका पहाडी भू– भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ।

उता, रातमा भने प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img