मौसमआज लुम्बिनी र बागमती प्रदेशमा भारी वर्षा

आज लुम्बिनी र बागमती प्रदेशमा भारी वर्षा

काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । जसको प्रभावले काठमाडौं उपत्यका लगायत लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img