अन्य
    मौसमतीन दिनसम्म यी प्रदेशहरूमा बर्षा हुने, सतर्कता अपनाउन आग्रह

    तीन दिनसम्म यी प्रदेशहरूमा बर्षा हुने, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

    आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

    मंगलबार प्रदेश १ र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मंगलबार राति प्रदेश १, मधेश प्रदेश ,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी बुधबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    बुधबार राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    संबन्धित समाचार

    सिफारिस

    यो साता चर्चामा

    धेरै पढिएका

    वि.सं. २०७९ मङ्सिर ०७ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही...
    काठमाडौं, अब छिट्टै पाँच जलविद्युत् कम्पनीको आईपीओ खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको हो...

    धेरै कमेन्ट गरिएका