Friday, March 29, 2024
मौसमभोली यी प्रदेशमा भारी वर्षा !

भोली यी प्रदेशमा भारी वर्षा !

काठमाडौं । यो वर्षको दसैँमा पानी पर्ने भएको छ । दसैँको टीकाको दिन पनि पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी प्रणाली बाहिरिन केही दिन ढिलो भएकाले दसैँभर पानी पर्ने जनाएको छ ।

आज पनि देशका केही भू–भागमा बिहानैबाट पानी परिरहेको छ । प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश–१, मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भोलि राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीएको छ । यसका चालक गम्भिर घाइते भएका छन् ।मकवानपुरगढी गाउँपालिका वडा...
ललितपुर । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा आज राति दुई समूहबीच झडप हुँदा दुई व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरूमा सुनसरीको धरान र पाँचथरको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।विहिबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग...