Sunday, March 16, 2025
मौसमयी तीन प्रदेशमा आज वर्षाको सम्भावना

यी तीन प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं: आज (बुधबार) कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा भने सामान्य हावाहुरीको सम्भावना रहेको छ।

राति भने गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img